जथाभावि फोहोर नफालौँ, गाउपालिका स्वच्छ, सफा र सुन्दर राखौँ ।, गाउपालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ ।, सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ ।, ढलमा अनावश्यक फोहोर नफालौँ, ढललाई बन्द हुन नदिऊँ ।, पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । , सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा गाउपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ । , उद्योग व्यवसाय संचालन गर्दा गाउपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । , व्यवसाय संचालन भएपछि गाउपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । , अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ । , जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ । , छतको पानि सडकमा सोझै नझारौँ ।, सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ ।, नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा गाउपालिकाको पूर्व स्वीकृत लिऔँ । , घरनक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । , गाउपालिका क्षेत्रबाट निकृष्ट बालश्रम उन्मूलन कार्यमा सहयोग गरौँ । , सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।

सम्पति विवरण बुझाउने सम्बन्धी सूचना !!!

आ. व. २०७९/८० को सम्पत्ति विवरण बुझाउने सम्बन्धी अत्यन्त जरुरि सूचना 
__________________________________________
एकडारा गाउँपालिकाको कार्यालयबाट तलव भत्ता प्राप्त गर्ने सबै पदाधिकारी / कर्मचारी (निजामती कर्मचारी, स्थायी शिक्षक, नेपाली सेना र नेपाल प्रहरी कर्मचारी बाहेक) को सम्पूर्णले मिति २०८० भदौ २८ गते भित्र आ-आफ्नो आ. व. २०७९/८० को सम्पत्ति विवरण फारम भरी गाउँपालिका कार्यालयमा बुझाउन हुन जानकारी गराईन्छ । म्याद भित्र सम्पत्ति विवरण नबुझाएमा नियमानुसार रू. ५ हजार जरिवाना तिर्नुपर्ने भएकोले समय मै विवरण बुझाई जरिवानाबाट समेत बच्न सुचित गरिन्छ ।

पुनश्च: एकड़ारा गाउँपालिका कार्यालयमा सम्पत्ति विवरण बुझाउनु पर्ने पदाधिकारीहरू : 
१. जनप्रतिनिधीहरू: अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, गाउँसभा सदस्यहरू
२. कर्मचारीहरू: स्थानीय स्थायी, करार, ज्यालादारी (डोर हाजिरी)
३. शिक्षकहरू: राहत, निजि स्रोत, नगर शिक्षक तथा अन्य 

यस सम्बन्धी थप जानकारीको लागी कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

आर्थिक वर्ष: